असारको दोस्रो साता गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष ह्याण्डबल

पाेखरा | जेठ २८, २०८१

असारको दोस्रो साता गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष ह्याण्डबल

पोखरा:   गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष ह्याण्डबल प्रतियोगिता असार ७ गते पोखरामा सुरु हुने भएको छ ।

 

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजना उक्त प्रतियोगिता हुन लागेको हो । 

 

प्रतियोगिता पोखरा रंगशालास्थित बहुउद्धेश्यीय कभर्डहल र ह्याण्डबल एकेडेमी मैदानमा सञ्चालन हुने गण्डकी प्रदेश ह्याण्डबल संघका अध्यक्ष एवं प्रदेश खेलकुद परिषद  गण्डकीका सदस्य केशव पाठकले जानकारी दिए  ।

 

नवौं राष्ट्रिय खेलकुद सम्पन्न भएको करिब दुई वर्षपछि यस्तो प्रतियोगिता आयोजना हुन लागेको जानकारी दिंदै पाठकले उक्त प्रतियोगितामा गण्डकी प्रदेशका ८ जिल्लाको सहभागिता हुने बताए ।

 

करिब १४ लाख खर्च हुने प्रतियोगितामा विजेता टिमलाई नगद रु ५० हजार, उपविजेतालाई नगद रु ३० हजार र तेस्रो हुने टिमलाई नगद रु १५ हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ ।

 

उक्त प्रतियोगितबाट कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रारम्भिक चरणमा खेलाडी छनौटसमेत गर्ने तयारी भइरहेको  पाठकले बताए ।

 

प्रतियोगिता असार ९ गते सम्पन्न हुनेछ ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्